काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले निषेधाज्ञाको अवधी १५ दिन थप गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा थप गर्ने निर्णय सीसीएमसीमा पठाउने काठमाडौं जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन । यस विषमया मंगलवार काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।
सीसीएमसीको निर्णय भए बेशाख २९ गते सम्म रहेको निषेधाज्ञा जेष्ठ १३ गते सम्म रहने छ । यस अघि बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा लागु गरेको थियो ।
Categorized in राष्ट्रिय