७ बैशाख २०८१, शुक्रबार
Header

निषेधाज्ञा खुकुलो प्रति उपत्यका नगरपालिका फोरमको प्रशासनसँग असन्तुष्टी


प्रकाशित: विहिवार, १८ भाद्र २०७७, १५ः०० बजे
- महानगरखबर

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले निषेधाज्ञा खुकुलो बनाएकोप्रति असुन्तुष्टी व्यक्त गरेको छ । 


काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको हो । 


बुधवार तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी एकहप्ता निषेधाज्ञा थप गरेको गरेको छ । 


तर प्रशासनले उपत्यका भित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने गरी निषेधाज्ञा खुकुलो वनाएपछि फोरमले यसमा बढी असन्तुष्टि जनाएको छ । 


फोरमले विहिवार एक विज्ञप्ती जारी गरेको निषेधाज्ञा खुकुलो प्रति असन्तुष्टि जाहेर गरेको हो । 


विज्ञप्तीमा भनएिको छ, ‘यहि भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’।


उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’ 


मध्यपुर ठिमीका मेयर श्रेष्ठले अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेको र भर्चुअलसम्बाद गरी विज्ञप्ति जारी गरेको जानकारी दिए । 


मेयर श्रेष्ठले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत तिब्ररुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाडौँको ठहर रहेको पनि जानकारी दिए । 


‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिदैँ आएका अत्यावश्यक बाहेकका सेवा–प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौँ,’ विज्ञप्तिमै भनिएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD