२६ बैशाख २०८१, बुधबार
Header

निषेधाज्ञामा काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा सुरु


प्रकाशित: विहिवार, १६ बैशाख २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाविच निःशुल्क एम्बुलेन्स सेवा गर्न एक सम्झौता गरेको छ ।


विहिवार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघकातर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 


उपचार गर्न अस्पताल जानु पर्ने कोविडको संक्रमण नभएका विरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघविच सम्झौता भएको छ । 


महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले कोविड संक्रमण भएका विरामीलाई निःशुल्क रुपमा अस्पताल पु¥याउनेछन् भने संक्रमण नभएका विरामीलाई पनि सम्झौता गरिएका एम्बुलेन्सले अस्पताल लैजाने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । 


यो सेवा लिनु पर्नेले महानगरको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्छ । यसै गरी चालकसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ ।


सेवामा हृदयाघात, क्यान्सर, मृगौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानु पर्ने बिरामीलाई पहिलो प्राथमिकता दिई घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुबिधा दिइन्छ ।


महानगरका सबै क्षेत्रलाई समेट्ने अभिप्रायले राष्ट्रिय सभा गृह, मीन भवनस्थित ट्रलीबस स्टेशन, वडा ७ कार्यालय परिसर, भुइँखेलस्थित वडा १५ कार्यालय परिसर र वडा ३ कार्यालय परिसर महाराजगञ्जमा राखिनेछन । 


सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार २४ सै घण्टा तैनाथ रहने यी एम्बुलेन्सले कुनै प्रकारको प्राविधिक त्रुटी वा समस्या देखाउन र मोलमोलाइ गर्न पाउनेछैनन ।


सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । सेवावापतको महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । 


यसवापत संघले १५ दिनका लागि २४ सै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकोले विरामीसँग महानगरले गएको बर्ष पनि यसै प्रकारको सेवा उपलब्ध गराएको थियो । पहिलो चरणमा ५ वटा र दोस्रो चरणमा २ वटा थप गरेर ७ वटा एम्बुलेन्सबाट ६० दिन सेवा दिँदा ४ हजार ४ सय ५१ जना विरामीलाई सेवा दिइएको संघका अध्यक्ष सापकोटाको भनाइ छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD