१२ भाद्र २०८३, शुक्रबार
Header

निषेधज्ञामा विनाकाम सवारीसाधन चलाए २ देखी ५ हजारसम्म जरिवाना !


प्रकाशित: शुक्रवार, ७ जेठ २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । निषेधाज्ञामा विनाकाम सवारी साधन चलाएर २ हजारदेखि ५ हजारसम्म जरिवाना हुने भएको छ । 


राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) अनुसार सो जरिवानाको व्यवस्थापन गरिएको छ । 


सो अनुसार अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुने व्यवस्था छ । 


कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ ।


मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लंघन गर्नेलाई भने दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex