१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

निश्चित समयको लागि काठमाडौमा चटपटे, पानीपुरी विक्रीमा रोक लगाइने


प्रकाशित: आइतवार, २८ साउन २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुुगमनलाई तिव्र बनाउने भएको छ । 


महानगरको आइतवार बसेको अनुुगमन समितिको बैठकले केही निश्चित समय (बर्खायामभरी) बजारमा खुला रुपमा बेचिने चटपटे, पानी पुरी र खुला दुध तथा विग्रेका तरीकारी, फलफूल विक्री वितरणमा रोक लगाउने प्रस्तावमा छलफल भएको छ । 


महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने प्रस्ताव गरेका छन ।


उनले भने,‘पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गर्नुभएको छ । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुन सक्छ ।’


त्यसैगरी, खुला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनु पर्ने प्रमुख प्रशासकीय अधिकारीले भने । 


बैठकमा कामपा २० वडाध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले फाल्नु पर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्ने बताए । 


कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाका अनुसार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड भएकोले काठमाडौँमा रहेको १५० भन्दा धेरै जारको पानीका वितरको पानीको गुणस्तर जाँच गर्नु पर्ने बैठकमा सुुझाव दिएका थिए । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex