काठमाडौं । निर्वाणा आर्ट ग्यालरीका बेखाराम बलामी श्रेष्ठ संस्थापक रहेको निर्वाण कला सम्मानबाट मोफसल वीरगंजका आर्टिष्ट स्मिता श्रीवस्ताव सम्मानित भएकी छिन ।
मंगलवार काठमाडौंको कमलादीमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित पुरस्कार सम्मान कार्यक्रमा श्रीवास्तव सम्मानित भएकी हुन ।

कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा सहकारी विकास मन्त्री प्रकाशमान सिंहले पुरस्कार दता श्रेष्ठको उपस्थितीमा उनलाई प्रमाणपत्र र नगदसहित सम्मान गरे ।
सो अवसरमा १५ जना आर्टिस्टहरु सम्मानित भएका थिए । सम्मानित हुनेहरुमा गंगा पौड्यालको नाममा स्थापित हेम–गंगा युवा कला प्रतिभा पुरस्कार र हेम–गंगा नारी कला प्रतिभा पुरस्काबाट क्रमशः केदार दाहाल र इन्दु पन्त सम्मानति भइन ।

सुन्दर श्रेष्ठ स्थापक रहेका क्यान आइडल कला पुरस्कारबाट विपिन श्रेष्ठ, गहेन्द्रमान अमात्य स्थापक रहेका अमात्य कला पुरस्कार सुन्दर लामाले पाएका छन ।
त्यसैगरी, राधेश्याम मुल्मी संस्थापक रहेको मुल्मी ग्राफिक डिजाइन एवार्डबाट राजन काफ्ले, कुन्जनी प्रधान संस्थापक रहेको सुरन्द्र प्रधान दीर्घ कला–सधाक पुरस्कारबाट गोविन्द नारायण ज्यापू, राकेश अवाले संस्थापक रहेको क्रोधकला शिरोमणी फाउण्डेशन–क्रोधकला शिरोमणी पुरस्कारबाट मनबहादुर विक सम्मानित भए ।

विष्णु प्रसाद सिग्देल संस्थापक रहेका क्यान सिक्देल आर्ट पुरस्कारबाट डा. कृष्ण ओझा, कृष्णप्रसाद शाह संस्थापक रहेका ज्ञानी शाह क्यान अमृतकला सम्मानबाट राकेश खनाल, सुष्मा श्रेष्ठ संस्थापक रहेका बालकृष्ण स्मृति कला परस्कार/नारायणदेवी स्मृति पुरस्कारबाट क्रमशः देवन्द्र पौडेल र रविन्द्र राजभण्डारी सम्मानित भएका छन ।
राकेश मानन्धर संस्थपक रहेका राजेश मानन्धर कार्टुन एवार्डबाट पदम घले र प्रा.डा. लय मैनाली, अध्यक्ष ठाकुर प्रसाद मैनाली इन्दिरा मैनाली कला फाउण्डेशनको ठाकुरप्रसाद–इन्दिरा मैनाली मुर्तिकला पुरस्कार र ऋचा मैनाली रिमाल स्मृति पुरस्कारबाट क्रमशः भुवन थापा, प्रश्न बुढामगर सम्मानति भएका हुन ।

क्यान अध्यक्ष आइ. भि. मल्लको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं महानरपालिका – २८ का अध्यक्ष भाइराम खड्गी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तमछाली लगायतले अथिति आसन ग्रहण गरेका थिए ।

तस्वीरहरु: विज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज