काठमाडौं । २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षर गर्नुभएको हो ।
समझदारीमार्फत निर्वाचनसम्बन्धी गलत सूचना, भ्रामक सामग्री तथा दुष्प्रचार नियन्त्रण गर्दै जिम्मेवार डिजिटल सहभागिता प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा., आयोगका सचिव कृष्ण बहादुर राउतलगायत आयोगका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
निर्वाचन आयोगले सामाजिक सञ्जालको बढ्दो प्रभावलाई ध्यानमा राख्दै स्वच्छ निर्वाचन वातावरण निर्माणका लागि डिजिटल प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
Categorized in प्रबिधि