८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निर्वाचन आयोगले सार्वजनिक गरयो फागुन २१ गतेको निर्वाचन तालिका 


प्रकाशित: सोमवार, २० असोज २०८२, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । 


आयोगको सोमबार बसेको बैठकले उक्त कार्यतालिका सार्वजनिक गरेको हो । 


कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म हुनेछ । 


दलहरूले कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।


समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने बन्दसूची पुस १८ र १९ गते पेश गर्नुपर्ने कार्यक्रम कार्यतालिकामा समावेश छ ।


त्यस्तै, पहिलो–पछिल्लो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष निर्वाचन) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 


प्रचारप्रसार फागुन ३ देखि १८ गतेसम्म सञ्चालन गर्न पाइनेछ ।  मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex