१० भाद्र २०८३, बुधबार
Header

निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण


प्रकाशित: शनिवार, १९ कातिक २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानरपालिका प्रमुख बालेन्द्र (बालेन) साहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 


आयोगले ‘जय लौरो’ नामक फेसबुक पेजबाट प्रमुख बालेन्द्र साहको समर्थन रहेको भन्दै हाम्रो पार्टी नेपालका उम्मेदवारहरुले निर्वाचन प्राचारप्रसार गरेको भन्दै स्पष्टीकरण सोधेको हो । 


आयोगले बालेनलाई पठाएको स्पष्टीकरण पत्रमा आयोगले भनेको छ, ‘हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’


इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्वीर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर आयोगले स्पष्टीकरण सोधेको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex