४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

निर्वाचन आयोगमा दल दर्ता सुरु, ३ दलले गरे दर्ता


प्रकाशित: विहिवार, ५ फागुन २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले विहिवारबाट राजनैतिक दल दर्ता सुरु गरेको छ ।


पहिलो दिन ३ वटा दलले दल दर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नियमित प्रेस व्रिफिङको क्रममा सो जानकारी दिँदै आयोगमा १०६ वटा दल पुगेको बताए । 


जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको प्रवक्ता शर्माले बताए । 


सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । दल दर्ताका लागि फागुन १५ गतेसम्मको समय तोकिएको छ ।


प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाइएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika