२५ बैशाख २०८१, मंगलबार
Header

निर्वाचन आयोगद्धारा २ जिल्लामा उपनिर्वाचनको मिति घोषणा 


प्रकाशित: आइतवार, १३ फागुन २०८०, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले इलामको २ नम्बर क्षेत्र र बजाङको १ नम्बर क्षेत्रलागि उपनिर्वाचन मिति घोषणा गरेको छ । 


आयोगले आईतवार प्रेस विज्ञप्ती जारी गरी ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको हो । 


आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालका अनुसार इलाम  र बझाङमा रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति तोकेको हो । 


०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र रिक्त छ ।


त्यसैगरी, प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । 


उनको दुर्घटनामा निधन भएकोले सो स्थानमा उपनिर्वाचन हुने भएको हो । 


आयोगका अनुसार कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिना बढि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्धारा पूर्ति गरिने संवैधानिक व्यवस्था छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD