१४ बैशाख २०८१, शुक्रबार
Header

निर्वाचनमा खटिने कर्मचारीको लागि २० लाखको बीमा 


प्रकाशित: शुक्रवार, १३ फागुन २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरुको लागि बीमा गर्ने भएको छ । 


आयोगले स्थानीय तहका लागि खटिने एक लाख बढी कर्मचरीहरुको प्रतिव्यक्ति २० लाखको बीमा गरिने जनाएको छ । सो लागि आयोगले बीमा कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ । 


स्थानीय निर्वाचनमा खटिने एक लाख १० हजार ७१३ जनशक्तिको आयोगले बीमा गर्न लागेको हो । आयोगले निर्वाचन संचालनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गरेको छ ।


सरकारले आगामी बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरेको छ । आयोगले दैनिक निर्वाचनसम्बन्धी मिडिया व्रिफिङ गरेर सुचना प्रवाह गर्दै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD