१५ चैत्र २०८०, बिहिबार
Header

निर्वाचनको दिन सवारी पास पाउन मापदण्डमा पुरा गर्नु पर्ने, अनलाईन मिडियाले बढिमा ५ वटा पास पाउने 


प्रकाशित: शुक्रवार, २३ बैशाख २०७९, ११ः५० बजे  
- महानगरखबर

काठमाडौं । बैशाख ३० गते शुक्रवार हुने मतदानका दिन सार्वजनिक यातायात बन्द हुने भएको छ ।


सो दिन सार्वजनिक सवारी साधन चलाउन रोक लगाउन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ । 


निर्वाचनकै दिन काम विशेषले चलाईने सवारीको लागि भने निर्वाचन आयोगले जारी गरेको मापदण्डहरु पुरा गरी तोकेको निकायबाट पास लिनु पर्ने हुन्छ ।

 
अत्यावश्यक सवारी सधानहरु एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता लाई पास आवश्यक नपर्ने अयोगले जनाएको छ ।


त्यस्तै नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमती पत्र लिनुपर्दैन । 


आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ । यसका लागि त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने यवस्था मापदण्डमा उल्लेख छ । 


यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ ।


पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ । अनलाईन मिडियाले बढिमा ५ जना सम्मले सवारी पास पाउने छन । 


सो दिन सवारी पास विना सवारी चलाएको पाएमा सुरक्ष निकाय तथा प्रहरीले सावरी कब्जामा लिई मतदान सम्पन्न भएपछि मात्र फिर्ता दिने आयोगदारी जारी मापदण्डमा उल्लेख छ ।
 
 
आयोगद्धारा जारी मापदण्ड

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD