२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निर्वाचनका लागि दल दर्ता चार दिन थप


प्रकाशित: बुधवार, १० मंसिर २०८२, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ। 


बुधबार बसेको आयोगको बैठकले चार दिन थप गर्दै दल दर्ता प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो।


यसअघि बुधबारसम्मको समयसीमा तोकिएकोमा यस अवधिभित्र १९ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् । 


नयाँ दर्तासहित अहिले निर्वाचन प्रयोजनका लागि कुल दल संख्या १०६ पुगेको आयोगले जनाएको छ ।


आयोगका अनुसार थप १९ दल दर्ता प्रक्रियामा रहेकाले उनीहरूलाई पनि आगामी निर्वाचनमा सहभागी हुने अवसर प्रदान गर्ने उद्देश्यले समय थपिएको हो ।


अब थपिएको समयसीमाभित्र प्रक्रियामा रहेका दलले आवश्यक कागजातका साथ दर्ता आवेदन पेश गर्नुपर्नेछ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex