५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

निर्माण सम्पन्न लिन महानगरवासीलाई विशेष व्यवस्था


प्रकाशित: शनिबार, ९ असार २०७५, ११ः४५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । महानगरपालिकाले तोकेको मापदण्डविपरित निर्माण गरेको घरहरुको निर्माण सम्पन्न लिन काठमाडौँ महानगरपालिकाले माहानगरवासीहरुलाई विशेष व्यवस्था गरेको छ ।

 
स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियमअनुरुपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एकपटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधान रहे अनुसार कामपाले महानगरवासीलाई सुविधा दिने भएको हो ।

 
केही दिन अघि ३५ दिने सुचना जारी गरेर घरधनीहरुले विवरण पेश गर्न भनेको छ ।  अबको एक महिनासम्म नियमअनुरुप निर्माण भएका तथा नक्सा पास नभई निर्माण भएका घरधनीले घरको विवरणसहित कामपामा निवेदन पेश गर्नुपर्नेछ ।


पेश गरिएको सूचनाको आधारमा कामपाको प्रतिनिधि सम्बन्धित घर धनीको घरमा पुगी नक्सा पासको प्रक्रियामा लगिने छ ।

 
अहिले निर्माण सम्पन्न बिना बंकबाट कुनै सुविधा नपाउने भएकोले निर्माण सम्पन्न लिन आउनेको संख्या बढेको कामपाले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex