१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

निर्मल बाल विकास विद्यालयको छात्राबास भवन शिलान्यास


प्रकाशित: मंगलवार, १५ चैत्र २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको लागि एक आवशिय भवनको शिलान्यास गरेका छन । 


सोमवार काठमाडौं महानगरपालिका वडा नं. ३१ भीमसेनगोला स्थित एक कार्यक्रमविच प्रमुख शाक्यले निर्मल बाल विकास विद्यालयको छात्राबास भवन शिलान्यास गरेका हुन । 


भवन काठमाडौं महानगरपालिकाले निर्माण गरिदिने भएको छ भने विद्यालय सञ्चालन व्यवस्थापनको जिम्मेवारी भने विद्यालयले लिनेछ ।


सो अवसरमा प्रमुख शाक्यले भने,‘जनताको स्वास्थ्य र शिक्षाका लागि काठमाडौँ महानगरपालिका पूर्ण जिम्मेवारी लिनेछ ।’ छात्रावास निर्माण भएपछि विद्यार्थीहरुले थप सुविधा पाउने छन ।’


भवन निर्माणको लागत २ करोड ७७ लाख अनुमान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद तिमिल्सिनाका अनुसार भवन निर्माण गर्न बागमती प्रदेशबाट ४७ लाख रुपैयाँ, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख रुपैयाँ र निर्माण सम्पन्न कार्यान्वयन एकाइबाट १० लाख रुपैयाँ प्राप्त भएको थियो ।


भवन निर्माण भएपछि छात्राबास सुविधामा ६० जना विद्यार्थीलाई राख्न सकिने छ । 


सो अवसरमा प्रमुख शाक्यले विद्यालयको लागि निर्मित भान्छाघरको उद्घाटन गरेका छन । नवनिर्मित २ तले भवनको भुइँ तलामा बनाइएको भान्छाको उद्घाटन गरेका हुन । 


कार्यक्रममा प्रदेश सभा सदस्य गणेश दुलालले महानगरको सहयोगबाट विद्यालय सञ्चालनमा सहज हुँदै गएको धारणा राखे । यसैगरी वडाध्यक्ष नारायण भण्डारीले विद्यालयको सेवा सुविधा बढाउन वडाले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्ने बताए । 


विद्यालयमा अहिले आवासीय सुविधासहित १५ जना विद्यार्थी छन । तीमध्ये १२ जना छात्रा र ३ जना छात्र छन । घरबाट आउने जाने विद्यार्थीको संख्या ८५ छ । आवासीय सुविधासहित बसेका जसमध्ये ६ जना बालबालिका अनाथ हुन ।


विद्यालयकी प्रधानाध्यापक ज्योती खनाल भट्टराईका अनुसार विद्यार्थीहरुका आवश्यकता, क्षमता, र रुचीका आधारमा शिक्षा, सीपमुलक तालिम दिने गरिएको छ । यसका लागि सरकारले उपलब्ध गराउने मासिक ४० हजार रुपैयाँ नै स्रोत हो । यसैबाट सम्पूर्ण खर्च पु¥याउनुपर्ने प्रधानाध्यापक खनालको भनाई छ । 


विद्यालयमा प्रधानाध्यापकसहित ६ जना शिक्षक, चालक, सहचालक, भान्छा, सुरक्षाकर्मीसहित ८ जना कर्मचारी रहेका छन ।


कार्यक्रममा प्रमुख शाक्य, पूर्वाधार विकास विभागका प्रमुख राम थापा र शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex