काठमाडौं । निर्मला हत्या प्रकरण छानविन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको छ ।
केसी चढेको बा.१झ ०७०३ नम्बरको गाडीमाथि मोटरसाईकलमा आएका २ व्यक्तिले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालय जाने क्रममा बाटोमा आक्रमण भएको हो ।
७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसीमाथि आक्रमण गर्नेहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।
यस अघि केसीले छानविन समितिको सदस्यमा चयन भएपछि जीउ–ज्यानको असुरक्षा भनी राजीनामा दिएपनि गृहमन्त्रीसँगको छलफलपछि उनी पुनः समितिको सदस्यमा फर्किएका थिए ।
Categorized in समाज