४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निर्मला हत्या प्रकरणः काठमाडौबाट एक युवक पक्राउ


प्रकाशित: बुधवार, १९ मंसिर २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा राजधानीबाट एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । 


प्रहरीका अनुसार निर्मलाकै गाउँको एक युवा सो घट्नापछि काठमाडौ आएर बसेको देखिन्छ । निर्मलाको बलात्कारपछि हत्याको बेला ती युवक गाउँमा रहेको रहेको प्रहरीको भनाई छ । 


पन्तको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । 


निर्मला हत्या प्रकरणको ४ महिना वितिसक्दा पनि वास्तविक अपराधी पत्ता लगाउन सरकार असफल भईरहेको बेला फेरि सो प्रकरणमा युवक पक्राउको समाचार आएको छ । 


प्रकाउ परेको युवाको गतिविधि शंकास्पद देखिएकोले उनलाई अनसन्धानको लागि नियन्त्रमा लिएको प्रहरीले बताएको छ । 


पछिल्लो समय ‘निर्मलालाई न्याय देउ’का अभियान्ताहरुले देशैभरी निर्मला अंकित पोष्टर टाँसेर दवाव मुलुक अभियान चलाएपछि प्रहरी प्रशासन सक्रिय देखिएको छ । 


सररकाले यस अघि निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरेपनि घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र देखिएको छ । 


त्यसैका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरियो । यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । 


साउन १० गते आफ्नी साथि रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला भोलिपल्ट गाउँमै मृत फेला परेपछि घट्नाले अर्को मोड लिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex