१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

निर्मला हत्या प्रकरणः आठ प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर


प्रकाशित: बुधवार, ४ पुष २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण मंगलवार ८ जना प्रहरीविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ । 


कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ बर्षिया बालिका पन्तको हत्यारा पक्राउ गर्न प्रहरी प्रशासन असफल भएपछि निर्मलाका आमा दुर्गादेवी पन्तले सो मुद्दा दायर गरेको हो । 


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध उक्त प्रकरणमा लापरवाही गरेको भन्दै निर्मलाका आमाले घटना अनुसन्धानमा संलग्न आठ जना प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको बताएका छन् । 


त्यसैगरी, तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृतविरुद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मंगलवार मुद्दा दायर गरेको प्रहरीले जनाएको छ । 


तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौको पहिलो खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए । 


तर आरोपित विष्टको डिएनए नमिलेपछि साधारण तारेखमा रिहा भएका थिए । खडकले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरुद्ध मुद्दा दायर गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex