२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

निर्मला हत्याकाण्डको विरोध प्रदर्शनमा गोली चल्दा चार जना घाईते


प्रकाशित: विहिवार, ७ भाद्र २०७५, ११ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं । निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा बिहानै देखि प्रर्दशनमा उत्रेका प्रदर्शनमा गोली चल्दा चार जना घाईते भएका छन् । 


प्रदर्शनमा घाईते भएकाहरु सबैको महाकाली अञ्चलमा उपचार भइरेपनि उनीहरुको पहिचान खुल्न सकेको छैन । 


निर्मलाका आफन्त र स्थानीयले प्रहरीद्धारा वास्तविक हत्यारा उम्काउन खोजेको भन्दै विरोधमा उत्रिएको हो । हिजोको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो । 


पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा मानसिक सुन्तलन ठीक नभएको भीमदत्त नगरपालिका(१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरको छ । 


उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन ।


भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika