६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

निर्मला र भागरथीका हत्यारा छिट्टै पक्राउ गरिनेः प्रम ओली


प्रकाशित: शुक्रवार, १ फागुन २०७७, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्याहरुलाई छिट्टै पक्राउ पर्ने बताएका छन ।


बुटवालमा नेकपा ओली समूहले शनिबार आयोजित सभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले भने, ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले अघि भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’


निर्मला र भागीरथी दुवैलाई बलात्कारपछि हत्या गरिएको छ । 


प्रधानमन्त्रीले भागरथी हत्यामा संलग्न अपराधी केही समयभित्रै पक्राउ पर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय महिला हिंसा, बलात्कारको विषयलाई सरकारको चर्को आलोचना हुन थालेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex