४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निर्मला पन्त हत्याप्रकरण ः एसपी विष्टलाई निलम्बन गर्न आदेश 


प्रकाशित: शनिबार, ९ भाद्र २०७५, १८ः४८ बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्त हत्याप्रकरण अनुसन्धानमा ढिलाई गरेको भन्दै गृह मन्त्रालयले एसपी डिल्लीराज बिष्टलाई निलम्बन गर्न निर्देशन गरेको छ । 


त्यसैगरी डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई पनि बयानको लागि बोलाईने भएको छ । 


निर्मला पन्तको हत्यारालाई प्रहरीले पक्राउ गर्न नखोजी भगाउन खोजेको भन्दै कञ्चनपुर सदरमुकाममा दैनिक जसो आन्दोलन चलाईरहेका थिए । तर शुक्रबार नेकपा नेता भीम रावलको अभिव्यक्तिलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा किशोरको निधन भएको छ भने ४ घाईते भएका छन् ।


स्थानीयले एसपीका छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गर्दा पनि डिएसपीले सुनवाई अघि नबढाएपछि आन्दोलन झनै चर्को भएको छ ।

 
शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex