८ बैशाख २०८१, शनिबार
Header

निर्मला कुर्मीलाई न्यायको माग गर्दै प्रदर्शनमा उत्रेका रुबी खानसहित अधिकारकर्मीहरु पक्राउ


प्रकाशित: सोमवार, ९ माघ २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । निर्मला कुर्मीका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका रुबी खानसहित ७ जना अधिकारकर्मी पक्राउ परेका छन । 


लामो समयदेखि निर्मला कुर्मीलाई न्यायको माग दिलाउन माईतीघर मण्डलामा धर्ना बस्दै अएका रुबी खानसहित अधिकारकर्मीहरु सोमवार प्रदर्शनमा उत्रेका थिए । 

 


उनीहरुलाई प्रहरीले बबरमहल अगाडी पक्राउ गरेको हो । उनीहरलाई सिंहदरवारस्थित प्रहरी कार्यलयमा राखिएको छन ।


यस अघि उनीहरुले निर्मला कुर्मीको हत्यारालाई पक्राउ गर्न माग गर्दै माईतीघर मण्डला प्रदर्शन, नाटक लगायतका कार्यक्रम गरेका थिए । 

 


बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी न्याय दिन माग गर्दै आएका रुबी खानसहित कुर्मीका आपन्तहरु आन्दोलनमा छन ।


२०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन । 

 


यसबीच सरकारी छानबिन समिति बन्यो, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पनि गरे, तथापि पीडित पक्ष न्याय पाउनेमा आश्वस्त हुन सकेकै छैन ।


कुर्मी हत्याका मुख्य आरोपित रहेका कांग्रेस नेता बादशाह कुर्मी रहेको कुर्मी परिवारको आरोप छ । बादशाह हालै बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन ।

 
केही दिन अघि गृहमन्त्री रवि लामिछाने माइतीघरमै प्रदर्शनकारीहरूलाई भेट्न आएका थिए ।


कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐकवद्धता जनाउँदै आएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD