८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

निफमा सुनाए दीपकराज गिरीले आफ्नो कथा 


प्रकाशित: शनिवार, ११ फागुन २०७५, २०ः१० बजे
- महानगरखबर

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को तेश्रो दिन शनिवार निर्देशक नरेशकुमार के.सी. को अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएको डाईंग क्याण्डल र मैथली संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र भोर को प्रदर्शन गरियो । 


यस चलचित्रका निर्देशक यादब कुमार भट्टराई हुन । अविनाश विक्रम शाही निर्देशित तटिनी,प्रशन्न मालिको मातृत्व, पासांग छिरिंग छोर्टेंग्पाको बर्दो,नेपाल र बेलायतको संयुक्त प्रयासमा निर्मित अश्मिना र आयरल्याण्डको ११९०,जर्जियाको एट मिनेट,फ्रान्सको द क्वीन अफ द हाउस, हङ्गकङ्गको द डिनर, भारतको बिहाईण्ड द मून,रोमानियाको जोक,चीनको द ईण्ट्रेष्टिंग लाइन  लगायतका चलचित्रहरु प्रदर्शन गरियो । 


विविध विषयमा बहस र नेपालका ख्यातिप्राप्त कलाकारहरुका संघर्षका कथाहरु पनि सुनाउने कार्यक्रम रहेको निफ २०१९ को यो दोश्रो संस्करणको तेश्रो दिन आज हास्या विधामा नाम कमाएका नेपाल ख्याति प्राप्त अभिनेता एवं निर्माता तथा लेखक दीपकराज गिरीले आज आफ्नो सफलताको कथा सुनाए । 


उनले आफ्नो कथा सुनाउने क्रममा कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न एकाग्र भएर अघि बढ्नु पर्ने अनुभव रहेको बताए । 


चलचित्र बनाउँदा आफुले बुझेको विषय रोज्नु पर्ने कुरा उनले सुनाए भने नेपालमा आफ्नो सफलता भन्दा पनि अर्काको असफलतामा खुशी हुने नराम्रो परम्परा रहेको उनको अनुभव रहेको छ ।


शुरुशुरुमा यो क्षेत्रमा अघि बढ्न धेरै ठूलो हण्डर खानु परेको कुरा पनि उनले सुनाए । आफ्नो दक्षता र खुबीको पहिचान आफैले गर्न सक्यौं भने लक्ष्यमा पुग्न सजिलो हुने अनुभव उनको रहेछ ।


यस्तै गरी आजको कार्यक्रममा क्याराभान चलचित्र मार्फत नेपाली चलचित्रलाई विश्वको मानचित्रमा पु¥याउने निर्देशक एरिक भ्यालिले पनि नेपालमा चलचित्र निर्माण गर्दाको आफ्नो अन्ुभव बाँडेका थिए भने राम्रो चलचित्र बनाउँदा विभिन्न खानको बाधा आउने र परिक्षाको सामना गर्नु पर्ने अनुभव पनि उनले सुनाए ।


चलचित्र एउटा सृजनात्मक अभिव्यक्तिको माध्यम हो त्यसैले यो कुनै गणितको नियममा बाँधिएको हुँदैन भन्ने उनको अनुभव रहेको छ । आफुले चलचित्र बनाउन शुरु गर्दा यसबारेमा खासै ठूलो अनुभव नभएको पनि उनले बताए भने नेपालमा आउँदा यहाँ देखिएको विषयले नै त्यसमाथि चलचित्र बनाउन अभिप्रेरित भएको बताए र त्यसैबाट अभिप्रेरित भएर द हनी हण्टर र क्याराभान बनाउन मद्दत पुगेको उनको ठम्याई छ । 


निफको तेश्रो दिन शनिवार भएका बहसहरुमा चीनका राष्ट्रपति सि जिन पिङ्गले अघिसारेको बेल्ट एण्ड रोड विचारमा आधारित रहेको यो क्षेत्र बीच चलचित्र निर्माणमा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा भएको बहसमा चीनको बेजिङ्ग फिल्म एकेडेमीका प्रोफेसर ल्याङ्ग स्याओ, भारतका चलचित्रविद् प्रेमेन्द्र मजुमदार, बंगलादेशका चलचित्र निर्देशक एवं अभिनेता ईश्तियाक जिको बीच विचार आदान प्रदान भएको थियो भने यो बहसको सहजकर्ता सञ्चारकर्मि,अभिनेता एवं चलचित्रकर्मि अरुणदेव भट्ट रहेका थिए । 


आज भएको यो बहसमा बेल्ट एण्ड रोड अन्तर्गत पर्ने देशहरु बीच सहकार्यमा चलचित्र निर्माण गर्दा एक अर्का देशका कलाकार,प्राविधिकहरु प्रयोग गर्दा लाभान्वित हुने कुरा उठेको थियो भने चीनका विभिन्न कथानक चलचित्र र टिभि सिरीयलहरु नेपालीमा स्वरांकन भई प्रकाशमा आईसकेको कुराको पनि चर्चाभएको थियो भने यसरी नेपालीमा स्वरांकन गरिएको टिभि सिरीयललाई पश्चिमतिरको यात्राको रुपमा प्रसारण भईसकेको कुरा पनि सुनाएका थिए । 


नेपालमा चलचित्र मार्फत पर्यटन विकास विषयक प्यानल डिस्कशनमा ख्यातिप्राप्त चलचित्रकर्मि यादव खरेल र पर्यटन व्यवसायी विक्रम पाण्डे वक्ताका रुपमा रहेका थिए भने यो बहसको सहजकर्ताका रुपमा पर्यटन व्यवसायी र अभिनेता राजन शिम्खडा रहेका थिए ।


निफको चौंथो दिन आइतबार नेपाली चलचित्र जगतमा खल अभिनेताका रुपमा ख्याति कमाएका सुनिल थापाले आफ्नो संघर्षका कथा सुनाउने कार्यक्रम रहेको छ भने चौंथो दिनको विशेष कार्यक्रमको रुपमा कथा वाचन पनि रहेको छ ।


तेश्रो दिन कथा वाचन अन्तर्गत छोटा कथाहरु वाचन भएको थियो भने वाचन भएका कथाहरुमा लघु चलचित्र बनाउनकालागि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९को आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आर्थिक लगानी गरिने छ भने आज वाचन गरिएका कथाहरुबाट योग्य कथा छनौट गर्नकालागि साहित्यकार नयनराज पाण्डे र चलचित्र अन्वेशक शेखर खरेल दुई जन निर्णायक रहेका थिए । 


यस्तै गरी कथानक चलचित्रहरुको कथा वाचन कार्यक्रम चौंथो दिन रहेको छ भने यो वाचनमा नेपाली चलचित्र जगतका निर्माताहरुले कथा श्रवण गर्ने कार्यक्रम रहेको छ ।

 



 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex