७ बैशाख २०८१, शुक्रबार
Header

निदान अस्पतालबाट मृगौला विक्री गरेको आरोपमा डाक्टरसहित ५ जना पक्राउ


प्रकाशित: बुधवार, २९ असोज २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले ललितपुरको निदान अस्पतालबाट मृगौला किनबेच तथा विक्री वितरण गरेको आरोपमा अस्पतालका डाक्टरसहित ५ जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा डा. रोजश पन्त, काठमाडौं – २६ घर भएका अस्पतालका सिईओ विपेन्द्र प्रधान, रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका–९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन ।


प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले बुधवार पत्रकार सम्मेलन गरी घट्नाबारे जानकारी दिएका छन । 


व्यूरोका अनुसार मिलेमतोमा अर्के व्यक्तिको मृगौला विरामी शंकर लामालाई बिक्री गरेको खुलासा गरेका छन । नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो ।


जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा अर्को नक्कली व्यक्ति खडा गर्ने कागज तयार गरिएको थियो । 


ब्युरोले घट्नाबारे विस्तृत अनुसन्धान भईरहेको बताएपनि मृगौला कस्को झिकिएको भन्ने बारे भने जानकारी दिएको छैन । 


घटनाबारे अनुसन्धान भइरहेकाले मिर्गौला कसको झिकिएको हो? भन्नेबारे प्रहरीले खुलाएको छैन । 


मिर्गौला दिने व्यक्ति र लिने व्यक्ति आफन्त हुनुपर्छ र स्वीकृतिको कागजात तयार भएपछि मात्र मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढ्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD