१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

निजी विद्यालय सञ्चालकहरूको चेतावनी : १८ भदौदेखि विद्यालय बन्द गर्ने घोषणा


प्रकाशित: विहिवार, १२ भाद्र २०८२, १५ः३९ बजे
- महानगरखबर

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभर विद्यालय बन्द गर्ने घोषणा गरेका छन । 


विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आन्दोलनलाई दोस्रो चरणमा प्रवेश गराएका हुन । 


सञ्चालकहरूले हालको विधेयकमा उल्लेख गरिएको गैरनाफामूलक सञ्चालन र पूर्ण छात्रवृत्ति सम्बन्धी प्रावधान हटाउनुपर्ने माग अघि सारेका छन । 


आन्दोलनका कार्यक्रमहरूः


भाद्र १२ गते (बिहान ११ बजे)ः प्रत्येक जिल्ला सदरमुकाममा सबै सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिसहित खबरदारी सभा। काठमाडौंमा माइतीघर मण्डलादेखि र्‍याली हुँदै कोणसभा।


भाद्र १४–१५ गतेः आगामी आन्दोलनका तयारी बैठकहरू ।


भाद्र १६ गते (बिहान ११ बजे)ः देशभरका स्कूल बसमा कालो झण्डा र व्यानरसहित नगर परिक्रमा। काठमाडौंमा २७ किमी चक्रपथ परिक्रमा, जिल्लामा प्रतिघण्टा २० किमी गतिमा र्‍याली । 
भाद्र १७ गतेः आन्दोलनको तयारी र समिक्षा बैठक ।


भाद्र १८ गते (बिहान ११ बजे)ः पुनः सबै जिल्लामा खबरदारी सभा, काठमाडौंमा माइतीघर मण्डलादेखि कोणसभा । 


सञ्चालकहरूले चेतावनी दिँदै भनेका छन, “भाद्र १८ गतेसम्म पनि हाम्रो माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने बाध्यता हुनेछ ।”

asteriskhubs
Home Page Bottom Second


maharjan complex