१४ बैशाख २०८१, शुक्रबार
Header

निजामती ऐन छिट्टै ल्याउँछुः मन्त्री मोदी


प्रकाशित: मंगलवार, ३ माघ २०७९, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती ऐन छिट्टै ल्याउने बताएका छन ।


मंगलबार मन्त्री मोदीले पदभार ग्रहण लगत्तै सरोकारवालाहरुसँग छलफल गरेर निजामति ऐन ल्याउने जानकारी दिए । 


उनले प्रदेश र स्थानीय तहमा भएका कर्मचारीहरुको कार्यसम्पादनबारे मौजुदा समितिको मूल्यांकनलाई मान्ने निर्णय गरेका छन ।


मौजुदा समितिले नै मूल्यांकन गर्ने निर्णयमा मन्त्री मोदीले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ ।


माओवादी केन्द्रीय सदस्य रहेका मोदीले विराटनगरबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । माओवादी द्धन्द्धकालमा उनले जेल जिवन समेत विताएका थिए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD