१० भाद्र २०८३, बुधबार
Header

निगमले भन्यो- तेलको मूल्य घट्दैन


प्रकाशित: विहिवार, १९ साउन २०७९, ११ः३८ बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य नघाटाउने भएको छ । 


बुधबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले  तत्काल मूल्य नघट्ने बताएको छ । 


जारी विज्ञप्तीमा निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने जनाएको छ ।  


निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।


नयाँ आएको मूल्य सुची अनुसार निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था रहेको विज्ञप्तीमा भनिएको छ । 


भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । 


हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex