२३ बैशाख २०८१, आइतबार
Header

निगमले भन्यो– १४.२ केजी भन्दा बढी क्षमताको ग्याँस सिलिण्डर नकिन्नुु


प्रकाशित: विहिवार, ४ असोज २०८०, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले विहिवार एक सुचना प्रकाशित गरी १४.२  केजी क्षमता भन्दा बढिको ग्याँस सिलिण्डर प्रयोग नगर्न आग्रह गरेको छ । 


सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएकोले बढि क्षमताका सिलिण्डरहरु प्रयोग नगर्न उपभोक्ताहरुलाई अनुरोध गरेको हो । 


विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको देखिएकोले निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


‘१४.२ केजी भन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्याँस भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी विक्री वितरण गरेको पाइएमा कारबाही गरिने पनि निगमले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD