२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

निगमले बढायो पेट्रोलको भाउ


प्रकाशित: आइतवार, १६ असार २०८१, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।


निगमले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ बढाएको जानकारी दिएको छ ।


मूल्य बृद्धि भएसँगै अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ पर्नेछ ।


त्यसैगरी, चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १६४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५४ रूपैयाँ ५० पैसा पर्नेछ ।


सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १६६ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ पर्ने निगमले जनाएको छ ।


भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।


निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ४१ पैसा र डिजेलको चार रूपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य पठाएको छ ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex