१५ बैशाख २०८२, सोमबार
Header

निगमले डिजेलको मूल्य घटाउदा पेट्रोलको बढायो


प्रकाशित: आइतवार, ४ फागुन २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटाउँदा पेट्रोलको मूल्य बढाएको छ ।


शनिवार ३ गते मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।


निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। 


काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १६८ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १५६ रूपैयाँ पर्नेछ ।


चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पेट्रोलको भाउ १६५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ ५० पैसा पर्नेछ।


त्यस्तै सुर्खेत र दाङ क्षेत्र पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ ।


इन्डियन आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ ।

 

16 Ferbury 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex