काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पहरुलाई दिँदै आएको कमिशन रोकपछि व्यवसायीहरुले पेट्रोल ढुवानी अवरुद्ध पारेका छन ।
पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार निगमबाट पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको हो ।
नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले व्यवसायीको विरोधका कारण देशैभर इन्धन नउठेको जानकारी आएको बताए ।
काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ । काठमाडौमा दैनिक करिब ७ लाख लिटर डिजेल र ९ लाख लिटर पेट्रोल बिक्री हुने गरेको छ ।
यद्यपि कमिसन विवादबारे निजी व्यवसायीहरुसँग पनि निगमको केन्द्रीय कार्यालय टेकुमा वार्ता सुरु भएको निगमले बताएको छ ।
सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने इन्धन ढुवानी नियमित राखेका छन । निगमको थानकोट डिपोकाअनुसार शुक्रबार मध्यान्हसम्म नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले दुई लाख लिटर डिजेर र पेट्रोल खरिद गरेका छन ।
Categorized in बजार