काठमाडौं । नेपाल आयल निगमले सवारी साधनमा जोर विजोर र आईतवार सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।
आईतवार निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर एक दिन विदाको माग गर्दै सरकारलाई एक पत्र लेखेको छ ।
त्यसैगरी अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न पनि पत्रमा उल्लेख गरेको छ ।
निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरी सो उपायहरु उपनाउन भनेको छ । इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न भनेको छ ।
मन्त्रालयलाई १० बुँदामा लिखित माग निगमले बुझाएको छ । पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।
पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।
Categorized in राष्ट्रिय