३ भाद्र २०८३, बुधबार
Header

निगमका पूर्वकार्यकरी निर्देशक खड्का २ करोड ५० लाख धरौटीमा छुटे


प्रकाशित: मंगलवार, २९ माघ २०७५, १७ः०५ बजे
- महानगरखबर

काठमाडौं । भ्रष्टाचार मुद्दा लागेको नेपाल आयाल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटीमा रिहा भएका छन । 


खड्काले विशेष अदालतमा २ करोड ५० लाख धरौटी बुझाएर छुटेका हुन । खड्का धरौटी रकमका लागि इन्भेष्टमेन्ट बैंक ग्यारेन्टी बसेका छन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।


खड्कालाई अख्तियारले आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex