२४ बैशाख २०८१, सोमबार
Header

निःशुुल्क रगत उपलव्ध गराउन रेडक्रसँग महानगरको सम्झौता 


प्रकाशित: सोमवार, २२ असोज २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाईटीविच महानगरवासीहरुलाई निःशुल्क रगत र रक्त तत्व उपलव्ध गराउन सेवा सम्झौता भएको छ ।

 
सोमवार महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीकातर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 


सम्झौता अनुसार महानगरपालिकाबासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई महानगरले रकम उपलब्ध गराइनेछ । 


महानरले रेडक्रसलाई प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ । 


महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । 


सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । 


केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।   


बागमती प्रदेशले महानगरपालिकाभित्रका ५ वटा अस्पतालहरु परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रि. वि. शिक्षण अस्पताल, बीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र मा आफ्ना प्रदेशका विरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहार्न सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहार्नेछ । 


सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ । यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ । 


सो सम्झौता प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD