१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

निःशुल्क स्वास्थ्य शिविरमा ७ सयको स्वास्थ्य प्रशिक्षण


प्रकाशित: सोमवार, ८ असोज २०७५, १९ः०१ बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरी अस्पताल र नागार्जुन नगरपालिकाले सोमबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयले स्वास्थ्य सेवा लिएको छ । 


६३ औं प्रहरी दिवस २०७५ को अवसरमा रत्नराज्य माध्यमिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र नागार्जुन नगरपालिका–७ रामकोटमा संचालन भएको उक्त शिविरमा ७ सय जनाले स्वास्थ्य सेवा प्राप्त गरे । 


नेपाल प्रहरी अस्पतालकी निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक डा. दुर्गा थापा र सोही नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले संयुक्त    रुपमा शिविरको उदघाटन गरेका थिए । 


शिविरमा प्रसुती सेवा, शल्य चिकित्सक, बाल रोग, नाक कान घाँटी, दन्त ओपिडी, ईसिजि, रेडियोलोजी, भिडियो एक्सरे, चर्म तथा यौन रोग, अर्थो ओपिडी, स्त्री तथा प्रसुती सर्जिकल ओपिडी, मेडिकल ओपिडी, मानसिक ओपिडी लगायतमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।


उपमेयर शुशिला अधिकारी, नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा. रामकृष्णराज भण्डारी, सोही नगरपालिका–७ का वडा अध्यक्ष रमेशप्रसाद गौतम र रत्नराज्य माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्यामराज गिरीले शिविरबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex