१६ चैत्र २०८०, शुक्रबार
Header

नासफः (सत्तल) को जीर्णोद्धार सुरु


प्रकाशित: विहिवार, १६ पुष २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानागरपालिका विद्यासुन्दर शाक्यले विहिवार नासफः (सत्तल) को जीर्णोद्धारको लागि शिलान्यास गरेका छन । 


कामपा २१ वडाको पद्मसुगन्ध मार्ग, मजिपामा प्रमुख शाक्यले सत्तलको शिलान्यास गरेपछि पुननिर्माणको काम सुरु भएको महानगरपालिकाले जनाएको छ । 


प्रमुख शाक्यले सो अवसरमा सम्पदा संरक्षणको सम्बन्धी विवादरहित प्रस्ताव आए महानगरले निःशर्त निर्माण गरिने दिने प्रतिवद्धता व्यक्त गरेका छन । 


उनले भने,‘ उपभोक्ता, गुथि र स्थानीय सरोकारवालाको अगुवाइमा सम्पदाको मर्मत, सम्भार र पुननिर्माण गर्ने र त्यसको संरक्षण गर्न उहाँहरुलाई नै जिम्मा दिने नीतिअनुरुप हामीले काम गरिरहेका छौं । यसबाट सम्पदा क्षेत्र यथावत अवस्था लामो समयसम्म जोगिने हाम्रो विश्वाश हो ।’


महानगरले आफ्नै खर्चमा सत्तल बनाइदिएकोमा संरक्षण समितिका सल्लाहकार वुद्ध रञ्जितकार, अध्यक्ष राजेश रञ्जितकार र सचिव कुमार रञ्जितकारले महानगरको योजनाप्रति अनुग्रहित हुँदै खुसी व्यक्त गरेका थिए । 


नासफः नित्यनाथ मन्दिर संरक्षण समितिले सत्तलको संरक्षण गरिरहेको छ । सम्पदा बिभागका इञ्जिनियर तृप्ति रोक्काकाअनुसार यो सत्तल २ तले हुनेछ । यसको निर्माण काठ, चुना, सुर्की, परम्परागत इटा र झिँगटीको प्रयोग हुनेछ ।


यो सत्तल करीब १६ लाख रुपैयाँ भ्याटबाहेक लागतमा पुननिर्माण हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD