६ जेठ २०८१, आइतबार
Header

नाष्टले नेपालीस्याट–१ नामको भूउपग्रह प्रक्षेपण गर्ने


प्रकाशित: सोमबार, २० फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । 


आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने नाष्टले जनाएको छ । 


जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको सो भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । 


करिव ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले बताए । 


उपकुलपति श्रेष्ठका अनुसार नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ । 


नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । सो भूउपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्को भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताईएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD