२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नारायणहिटीमा बन्दै गरेको रेस्टुरेन्ट निर्माण कार्यमा रोक


प्रकाशित: मंगलवार, २० पुस २०७८, १६ः३० बजे
- महानगरखवर

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरवार संग्राहलयभित्र बन्दै गरेको रेस्टुरेन्ट निर्माण कार्यमा रोक लगाएको छ । 


बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।


रेष्टुरेन्ट निर्माणको समाचारहरु सञ्चारमाध्यममा आउन थालेपछि भएको विवादको कारण निर्माण कार्य रोकिएको पत्रमा जनाएको छ । 


समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिए । 


दरबार संग्रहालय परिसर (गेटबाट पश्चिमपट्टी) भित्रै रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम भइरहेको छ । कानुन विपरीत दरबार परिसरमा विभिन्न संरचनाहरु थप गरेर बगैँचा निर्माणको काम पनि भइरहेकोबारे पर्यटन मन्त्रालयले चासो दिएपछि समितिले काम रोकेको हो ।


नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले दरबारभित्र संरचना थप गर्न काठमाडौं महानगरपालिकासँग अनुमति लिएको छैन । 


करिब १० रोपनी क्षेत्र रेस्टुरेन्टले प्रयोग गर्न लागेको कम्पनीसँग मासिक अढाइ लाख रुपैयाा लिने गरी सम्झौता भएको छ । खाली क्षेत्र उपयोग गर्न दिएर थप शुलक लिने दावी समितिको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex