८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नायिका आरध्या नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’मा देखिदै


प्रकाशित: मंगलवार, ७ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भाषाको पछिल्लो पुस्ताका नायिक आरध्यालक्ष्मी खड्गी चलचित्र ‘लिबाय् धुंकाः’ मा देखिने भएकी छिन ।


प्रेम कथामा आधारित सो चलचित्रको एक लवसँग पनि चाँडै रिलिज हुन लागेको नायिका खड्गीले जानकारी दिईन । 


राजेशमान सिंहको कथा/लेखन/निर्देशनमा तयार भएको सो चलत्रिको मुख्य नायिका आराध्यालक्ष्मी खड्गी, नायक आर एल महर्जन रहेका छन भने चर्चित कलाकारहरुमा आशाकाजी थाकु, नारायाणदेवी प्रधान, मञ्जु श्रेष्ठ ( विजुली ), भिमसेन रिजाल रहेका छन ।

 

यस फिल्मका लागि संगीत विरेन शाक्य र सुमन कपालीले दिएका छन भने द्वन्द्व निर्देशक सुरज श्रेष्ठ रहेका छन । 


त्यसैरी नायिका आराध्याले नृत्य निर्देशन समेत गरेकी यस चलचित्रमा कलाकारहरु भाम, उत्तम कार्की , मोदीन खान, राजेश श्रेष्ठ, देवकुमारी खड्गी र कमार कार्कीले अभियन गरेका छन । 


अडियो भिडियो स्टेशन झम्सिखेलको ब्यानरमा तयार भएको यस चलचित्रको सम्पादन कीर्तिश्याम सुन्दरले गरेका छन । 


हाल चलचित्रको डविङ भईरहेको नायिका खड्गीले बताईन । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex