४ भाद्र २०८३, बिहिबार
Header

नायखिं बाजा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरियो


प्रकाशित: २०७५ कार्तिक १० शनिबार
- करुण

नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं महानगरपालिका १९ वडा शाखाबाट आयोजित नायखिं बाजा प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । समाजले काठमाडौंमा कार्यक्रमको आयोजना गरी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र दिनुका साथै प्रशिक्षक, गुरुहरुलाई सम्मान पनि गरिएको छ ।
 

कार्यक्रममा नायखिं बाजा गुरुहरुलाई समाजका अध्यक्ष मानबहादुर खड्गीले दोसल्ला ओढाउनुभयो भने सांसद जीवनराम श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभयो । त्यसैगरी प्रशिक्षकहरुलाई कदर पत्र पनि प्रदान गरिएको थियो ।
 

मन्तव्यको क्रममा सांसद श्रेष्ठले काठमाडौंका स्थानीयको सहभागीता नीति निर्माण तहमा प्रभावकारी रुपमा हुन नसक्दा यहाँका स्थानीय संस्कृति एवम् सम्पदाको संरक्षणमा समस्या भइरहेको बताउनुभयो । अब काठमाडौंका स्थानीय जनता सांस्कृतिक, सामाजिकको साथै राजनैतीक रुपमा पनि सशक्त हुनुपर्ने सांसद् श्रेष्ठको भनाई थियो ।
 

समाजका केन्द्रीय महासचिव नन्दकिशोर शाही, अध्यक्ष खड्गीले नयाँ पुस्तालाई परम्परा संरक्षणतर्फ सचेत बनाउन समाज लागिरहने बताउनुभयो ।
 

प्रशिक्षार्थीहरुले नायखिं बाजा बजाएर पनि सुनाएका थिए भने सांगितिक कार्यक्रममा गायक गोविन्द ह्यूमत, माणिक शाही, अन्जन श्रेष्ठ, सुरेश मानन्धर लगायतले गीत सुनाए भने ईन्द्र विनायक क्लब र मेरीना महर्जनले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex