११ बैशाख २०८१, मंगलबार
Header

नायः बचतले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत शेयर बनोस दिने


प्रकाशित: सोमवार, १३ पुष २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्धजोरपाटीले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।


सहकारी अध्यक्ष रामकृष्ण खड्गीले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत शेयर बोनस दिने जानकारी दिएको छ । सहकारीको १० औं साधरणसभाको उपलक्ष्यमा सेयर बोनस दिने भएको हो । 


कोरोना महामारीकै विचमा साधारणसभा गर्नु पर्ने भएकोले विगत जस्तो उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी लगायतका सम्मान कार्यक्रमहरु नहुने अध्यक्ष खड्गीले बताए ।


कोरोनाकाल भएपनि सहकारी घाटामा नगएको र नाफामै रहेको खड्गीले भने,‘ हामीले सहकारीको लगानी विशेष गरी उत्पादनमूलक कार्यमा लगानी गरेका छौ । त्यसैले पनि सहकारी घाटामा नगएको हो ।’


सहकारीको १० औं साधरणसभा पुष १८ गते शनिवार सिमिति शेयरधनी तथा सदस्यहरुको उपस्थितीमा गरिने सहकारीका उपाध्यक्ष देवनारायण खड्गीले बताएका छन । 


उपाध्यक्ष खड्गीका अनुसार साधारणसभा २५ गते सम्पन्न हुने गरी स्टेप वाई स्टेप गरिने भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD