२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

नायः बचतले मनायो १४ औं जन्म उत्सव (तस्वीरहरु)


प्रकाशित: शनिवार, ५ साउन २०८१, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्धजोरपाटीले १४ औं जन्म उत्सव भव्यरुपमा मनाएका छन ।

 
शनिवार बौद्धजोरपाटीस्थित कार्यालयमा नायः बचतका अध्यक्ष रामकृष्ण खड्गीले केक काटेर मनाएका हुन । सो अवसरमा उनले सहकारीको शेयरधनी, बचतकर्ता, ऋणी तथा संचालक समितिका पदाधिकरी र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 


उनले आजको सहकारी संकटकालिन अवस्थामा पनि आफ्नो सहकारीमा बचत फिर्तामा र ऋण संकलन लगायतका कार्यमा कुनै असर नपरकोले सहकारी सदस्यहरुले निर्धक्क रुपमा कारोवार गर्न अनुरोध गरेका छन । 


सो अवसरमा सहकारीका उपाध्यक्ष तथा ऋण समितिको संयोजक देवनारायण खड्गीले अहिले सहकारीमा ऋणीहरुले ऋण चुक्ता नगर्ने समस्या बढेको बताएका छन । 

 


उनले सरकारले ऋणीहरुलाई छुट दिएको र उल्टै सञ्चालकहरुलाई अनेक दुःख दिने कार्य गरेको उल्लेख गरे । 


राज्यले यस अघि ऋण नदिर्नेहरुको सम्पति रोक्का गर्ने तथा सरकारी सेवा नदिने गरेका निर्णयहरु तत्काल कार्यान्वयन गर्न उनले माग समेत गरेका छन ।

 

 
उनले यथासिघ्र ऋणीहरुलाई कार्यावाही गरी सहकारीको ऋण चुक्ता गर्ने कार्यमा राज्यले सहयोग गर्नु पर्ने उनको भनाई छ । 


सो अवसरमा सहकारी सचिव सुरेन्द्र खड्गी, कोषाध्यक्ष पृथ्वीनारायाण श्रेष्ठ, सदस्य भुवनेश्वरी खड्गी लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex