२१ बैशाख २०८१, शुक्रबार
Header

नायः बचतले मनायो १३ औं जन्म उत्सव 


प्रकाशित: शुक्रवार, ५ साउन २०८०, २०ः१० बजे
- अजय खड्गी

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्धजोरपाटीले १३ औं जन्म उत्सव मनाएको छ । 


सहकारीले बौद्ध जोरपाटीस्थि कार्यालयमा एक कार्यक्रम गरी जन्म उत्सव मनाएको सहकारीका उपाध्यक्ष देवनारायण खड्गीले जानकारी दिए । 


सहकारी अध्यक्ष रामकृष्ण खड्गीले केक काटेर उत्सव मनाएको उपाध्यक्ष खड्गीले बताए । सो अवसरमा कार्यसमिमित सदस्य तथा कार्यालय कर्मचारीको उपस्थितीमा सो कार्यक्रमको आयोजना गरिएको हो । 


सहकारीले प्रत्येक बर्ष जन्म उत्सव मनाउँदै आएको छ । यस उपलक्ष्यमा उपाध्यक्ष खड्गीले सहकारीका कार्यससमिति, शेयरधनी, साधारण सदस्य तथा बचत कर्ता र आफ्ना ग्राहकहरुप्रति अभार प्रकट गरेका थिए ।

 


वर्तमान सहकारी संकटको अवस्थामा पनि नायः बचत सहकारीले आफ्ना बचत कर्ता, शेयरधनी तथा सदस्यहरुलाई निर्धकत्ताका साथ सेवा प्रदान गरिरहेको खड्गीले बताए । 


उनले कोरानाकालमा पनि सहकारीमा कुनै समस्या नआएको नाफामै गएको तथा अहिले पनि सहकारीको व्यवस्थापन राम्रो रहको जानकारी दिए ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD