२७ बैशाख २०८१, बिहिबार
Header

नायः बचतले मनायो पाँचौ वनभोज कार्यक्रम


प्रकाशित: आइतवार, १८ चैत्र २०८०, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था बौद्धजोरपाटीले पाँचौ बनभोज कार्यक्रम सम्पन्न गरेको छ । 


शनिवार भक्तपुरको च्वाङ्गा गणेश मन्दिर परिसरमा एक कार्यक्रमविच वनभोज मनाएको सहकारीका उपाध्यक्ष देवनारायण खड्गीले जानकारी दिए ।

 
सहकारीका शेयधनी, सञ्चालक लगायतको उपस्थितीमा मनाएको सो वनभोज कार्यक्रम पाँचौ पटक भएको संस्थाका अध्यक्ष रामकृष्ण खड्गीले बताए ।

 
यस किसिमको वनभोज कार्यक्रमले एक आपसमा मनोरन्जनसँगै संस्थाप्रति एकजुट हुने मौका पनि भएको उनको भनाई छ ।


कार्यक्रममा सांगीतिक प्रस्तुती पनि दिएको थियो । गायक ईश्वर शाही, पत्रकार बुद्धशरण साही लगायतले गीत गाएर मनोरन्जन प्रदान गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD