२६ बैशाख २०८१, बुधबार
Header

नायः बचतले आठौ जन्मोत्सव भव्यरुपमा मनायो


प्रकाशित: शनिबार, ५ साउन २०७५, २०ः३३ बजे
- महानगरखबर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्ध–जोरपाटीले आफ्नो स्थापनाको आठौैं जन्मोत्सव भव्यताका साथ विविध कार्यक्रम गरी आज (शनिबार) मनाएको छ ।

 
सहकारीका अध्यक्ष रामकृष्ण खड्गीले संचालक समिति, शेयरधनी, आमन्त्रीत सदस्यहरु तथा कार्यलय कर्मचारीहरुको विशेष उपस्थितीमा केक काटेका थिए ।

 
यस जन्मोत्सवमा अध्यक्ष खड्गीले सहकारीको स्थापनाकाल देखि वर्तमान अवस्था सम्मको संक्षिप्त रुपमा चर्चा गरेका थिए । 


नायः बचतले हाल बजारमा ३ करोड लगानी गरेको सो अवसरमा अध्यक्ष खड्गीले जानकारी दिएका थिए । सरकारीका नियमित कारोवार गर्ने सदस्य संख्या ६ सय भन्दा बढि रहेको छ भने सदस्य संख्या १ हजार पुगेको छ । 


सो कार्यक्रममा सहकारीका सचालक समितिका उपाध्यक्ष देवनारायण खड्गी, सचिव सुरेन्द्र खड्गी, कोषाध्यक्ष पृथ्वीनाराण शाही र सदस्यहरु ज्ञानकाजी शाही, भूवनमाया शाही र दिलबहादुर शाहीको उपस्थिती रहेको थियो । 


कार्यक्रममा सहभागीहरुलाई तुच्छाको पनि अयोजना गरिएको थियो । 


नेपाल खड्गी सेवा समिति बौद्ध–जोरपाटीले आर्थिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ८ बर्ष अघि संचालनमा ल्याएको यस सहकारी सो क्षेत्रमा स्थापित सहकारी हुनका साथै खड्गी समाजमा पनि यस सहकारीले आफ्नो पहिचानलाई स्थापित गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD