१२ बैशाख २०८१, बुधबार
Header

नायः बचतमा पुनः रामकृष्ण खड्गीको नेतृत्व


प्रकाशित: शनिवार, १७ पुस २०७८, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्ध–जोरपाटीको ११ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । 


शनिवार काठमाडौं बौद्धमा आयोजित सभामा निर्वाचन समितिले रामकृष्ण खड्गीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको घोषणा गरे ।

 


समितिको उपाध्यक्षमा देवनारायण खड्गी, कोषाध्यक्ष पृथ्वीनारायण शाही, सचिव सुरेन्द्र खड्गी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा विवेक खड्गी, विशेष बहादुर खड्गी र भुवनमाया शाही निर्वाचित भएको हो ।


निर्विरोध निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक बरुण विक्रम कार्कीले प्रमाण पत्र प्रदान गरेका थिए भने समितिका सदस्य शुशिल राज पौडेलले माला लगाई दिएका थिए ।

 


सो अवसरमा एक बर्षभरी सहकारीमा कारोवार गरेका एक जना उत्कृष्ट बचत कर्ता र एक जना उत्कृष्ण ऋणीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ता विक्रम खड्गी र उत्कृष्ट ऋणी रत्न शाहीलाई अध्यक्ष खड्गीले सम्मान पत्र सहित सम्मान गरेका थिए । 


सहकारीका कोषाध्यक्ष सुरेन्द्र खड्गीले स्वागत मन्तब्य दिएका थिए भने कोषाध्यक्ष पृथ्वीनारायण शाहीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 


कोषाध्यक्ष शाहीले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ को लेखा प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ५५ लाख ६५ हजार ५ सय रुपियाँ, जगेडा कोेष ३५ लाख ९८ हजार ४२२ रुपियाँ ४१ पैसा, अन्य कोष १२ लाख ४० हजार ७३५ रुपियाँ ७० पैसा, निक्षेप ३ करोड ७७ लाख ८ हजार ८८१ रुपियाँ र चालु दायित्व १० लाख १९ हजार ३९३ रुपियाँ ९३ पैसा गरी कुल चार करोड ९१ लाख ३२ हजार ९३३ रुपियाँ ४ पैसा कारोबार भएको छ । 


सो अवसरमा उपाध्यक्ष देवनारायण खड्गीले शेयरधनी, संचालक सदस्य, ग्राहक सदस्य लगायत सहकारी कर्मचारीहरुलाई सहकारीमा पुराएको योगदानको मूल्यांकन गर्दे धन्यावाद दिएका थिए ।

 


कार्यक्रमका सभापति तथा सहकारी अध्यक्ष खड्गीले सहकारीको भावी कार्ययोजना, नीतिहरु बारे उल्लेख गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।


सो अवसरमा सहकारीका यस अघिका २ सदस्यलाई सहकारीका कर्मचारीहरुले मायाँको चिनो घडी उपहार समेत दिएका थिए । कार्यक्रम प्रकाश धितालले संचालन गरेका थिए ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD