१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नायः बचतमा निर्धक्क भएर कारोवार गर्न अध्यक्ष खड्गीको आग्रह


प्रकाशित: आइतवार, २९ पुस २०८०, १९ः४० बजे
- अजयकुमार खड्गी

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्धजोरपाटीका अध्यक्ष रामकृष्ण खड्गीले आफ्ना सदस्यहरुलाई निर्धक्क भएर कारोवार गर्न आग्रह गरेका छन । 


शनिवार सहकारीको १३ औं अधिवेशन सभालाई सम्बोधन गर्दै अध्यक्ष खड्गीले शेयरधनी तथा सदस्यहरुलाई सहकारीको कारोवारको अवस्थाबारे जानकारी गराउँदै सो बताएका हुन ।

 


‘शेयर सदस्यहरुको लगानी, सदस्यहरुको निरन्तर बचत तथा तपाईहरुको सल्लाह, सुुझावहरुको साथ र विभिन्न वाधा अड्चनलाई पन्छाउदै यस संस्थालाई १३ औं बर्षमा प्रवेश गर्न सफल भएका छौ, खड्गीले भने, आगाी दिनमा पनि तपाईहरुको साथ, सुुझावलाई आत्मसाथ गर्दैै सक्रियताका साथ अघि बढनेछु ।’


उनले आगामी दिनमा पनि सहकारीले आफ्ना सदस्यहरुलाई सरल ढंगबाट ऋण प्रवाह गर्ने तथा बचतलाई अघि बढाउने र छरिएर रहेका स–सना पुजीहरुलाई संकलन गरी विभिन्न रोजगार मुलुक कार्यमा लगानी गरी संस्थाको आर्थिक बृद्धि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । 

 


सो अवसरमा संस्थाका उपाध्यक्ष देवनारायण खड्गीले निकै महिनेत, दुःख र कष्टका साथ सहकारीलाई यो अवस्थामा ल्याएको बताए । 


उनले सहकारीको सफलताको लागि शेयरधनी, सहकारी सदस्य, बचतकर्ता, कर्मचारीहरुलाई विशेष धन्यवाद समेत दिएका थिए । 

 


संस्थाका कोषाध्यक्ष पृथ्वीनारायण शाहीले आर्थिक बर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 


सहकारीले यस आ.व.मा ५ करोड ५१ लख ४४ हजार ३१ रुपियाँ ७२ पैसाको कारोवार गरेको छ । अघिल्लो आ.व. ५ करोड ७७ लाख ४४ हजार ८११ रुपियाँ विवरण प्रस्तुत गरको थियो ।


शेयर पूँजी ६५ लाख १२ हजार ३८२, जगेडा कोष ३६ लाख ७१ ह्जार २४०, निक्षेप ४ करोड १४ लाख ९ हजार ७४४ रुपियाँ, अन्य कोष २२ लाख ६५ हजार २९३ रुपियाँ ७० पैसा र चालु दायित्व १२ लाख ८५ हजार ३४१ रुपियाँ ६७ पैसाको आर्थिक विवरण कोषाध्यक्ष खड्गीले प्रस्तुत गरेका थिए । 


सो अवसरमा असल बचत कर्ता ज्ञानकाजी शाहीलाई अध्यक्ष खड्गीले खादा ओढाई प्रमाणपत्र सहित सम्मान गरेका थियो । सम्मानित हुनेमा असल ऋणी राजकिशोर महत्तो पनि थिए ।

 
सभामा संचालन समितिका सदस्य भुवनमाया शाही, दिनेश खड्गी, विशेष बहादुर खड्गी र लेखा समितिका संयोजक सुुर्य बहादुर शाहीको उपस्थिती रहेको थियो । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex