१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नायः बचतको १५ औं बार्षिक साधारणसभा सम्पन्न (भिडियो)


प्रकाशित: बुधवार, २ पुस २०८२, १२ः०२ बजे
- महानगरखबर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लि। बौद्धजोरपाटी, गोकर्णेश्वार नगरपालिका– ६ को १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।


सहकारीका अध्यक्ष रामकृष्ण खड्गीको सभापतित्वमा संस्थाको बार्षिक साधारणसभा रामहिटी सहित्य सदनमा आयोजना गरिएको थियो । 


भिडियोः

 


कार्यक्रममा सहकारीका उपाध्यक्ष देवनारायण खड्गीले सहकारीका बचतकर्ता, ऋणी तथा सदस्यहरुलाई विशेष धन्यवाद ज्ञापन गरे । त्यसैगरी, कोषाध्यक्ष पृथ्वीनारायण शाहीले आ.व. २०८१/०८२का आय–व्यय विवरण प्रस्तुत गरेका थिए । 


यस अवसरमा सरकारीका असल ऋणीको रुपमा निशा शाही र असल बचतकर्ता कुहुनुर श्रेष्ठलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो । 

 


कार्यक्रममा उपस्थिती अथिती अधिवक्ता अजुर्न खतिवडाले सहकारीबाट लिएका ऋणहरु समयै चुक्क्ता गर्न आग्रह गर्नुका साथै ऋण चुक्ता नगर्दा हुने कानुनी कारवाहीहरुबारे उल्लेख गरेका थिए ।


संस्थाका सचिव सुरेन्द्र खड्गीले सञ्चालन गरेका कार्यक्रममा सदस्य विशेष बहादुर खड्गीले स्वागत मन्तव्य दिएका थिए । 


कार्यक्रममा सहकारी सञ्चालक सदस्य रत्नकाजी शाही, लेखा समिति संयोजक सूूर्यबहादुर शाही, सदस्यहरु दिलबहादुर खड्गी, ज्ञानकाजी खड्गी र भुवनमाया शाही तथा जेष्ठ शेयर सदस्य गणेशमाया खड्गीको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex