१४ बैशाख २०८१, शुक्रबार
Header

नायः बचतको १२ औं साधारण सभामा बृद्धाहरुलाई सम्मान गरिँदै


प्रकाशित: बुधवार, २० पुस २०७९, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्ध जोरपाटीको १२ औ साधारणसभा हुने भएको छ । 


आईतवार (पुस २४) गते दिउँसो २ बजे चामुण्डा मन्दिर नजिकै शेर्पा पार्टी प्यालेस जोरपाटीमा हुने सो सभामा ७० बर्षमाथिका बृद्धा आमाहरुलाई सम्मान गरिने कार्यक्रम रहेको संस्थाका अध्यक्ष रामकृष्ण खड्गीले जानकारी दिए ।


अध्यक्ष खड्गीले सो अवसरमा संस्थाको कार्य प्रगति, आर्थिक प्रतिवेदन, बार्षिक कार्यक्रम र योजनाहरु बारे संस्थाका सदस्यहरुलाई जानकारी गराईने बताए । 


बार्षिक साधारणसभा राष्टिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा हुने भएको छ । यस अवसरमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाका बिजेता सांसदहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिने अध्यक्ष खड्गीले जानकारी दिएका छन । 


सो अवसारमा काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसे, समानुपातिका अम्बिका बस्नेत, छिरिङ दोर्जे लामा र विमल ठकुरी, शान्ति श्रेष्ठलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD